प्रवासी नेपाली मंच ओमनको अध्यक्षमा लिलानाथलाई जिम्मेवारी

प्रवासी नेपाली मंच ओमनको अध्यक्षमा लिलानाथलाई जिम्मेवारी

मस्कट। प्रवासी नेपाली मंच (माधव समूह) ओमनको प्रवास कमिटि अध्यक्षमा लिलानाथ कोइरालाले जिम्मेवारी पाएका छन् । उनलाई नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आयोजित मध्यपूर्व सम्मेलनले जिम्मेवारी दिएको हो ।

नेपाल मोरङ घर भएका उनको नेतृत्वमा २३ सदस्यीय प्रवास कमिटि विस्तार गरेर जिम्मेवार प्रदान गरिएको छ । जसमा उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव तेजबहादुर बम्जन तामाङ, सचिवहरु क्रमशः विक्रम रिजाल, नीरबहादुर सुनार, कोषाध्यक्ष उमर खान, सहकोषाध्यक्ष खेमकुमारी भुजेललाई जिम्मेवारी दिइएकाे छ ।

त्यस्तै सदस्यहरुमा क्रमशः यतिराम चौधरी, तुलषा न्यौपाने, पुलिन्दर सर्दार, विकास घले, गोमबहादुर सारुमगर, चन्द्र चौधरी, ऋषि दहाल, विमला राई, प्रकाश परियार, शेरबहादुर थापा, पदम रानाभाट, जयप्रताप बुढामगर, सोहन मुस्ताङ गुरुङ, संजय पराजुली, गोविन्द कनुवार र राजन महतोलाई विस्तारित कमिटिमा चयन गरिएको बताइएकाे छ ।