धनगढीमा ‘मोबाइल ब्लड बस’ सञ्चालन गर्न एनआरएनए नेदरल्याण्डले पठायो डेढ लाख

धनगढीमा ‘मोबाइल ब्लड बस’ सञ्चालन गर्न एनआरएनए नेदरल्याण्डले पठायो डेढ लाख यसअघि संघले चितवन रेडक्रसलाई प्रदान गरेको ‘मोवाइल बल्ड बस ।

नेदरल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदुर पश्चिम प्रदेशलाई प्रदान गर्न लागेको ‘मोबाइल ब्लड बस’ परियोजनालाई एनसीसी नेदरल्णाण्डले झण्डै डेढ लाख नेपाली रुपैयाँ आर्थिक सहयोग पठाएको छ ।

संघका महासचिव संघर्षशिल केसीका अनुसार धनगढीमा मोबाइल ब्लड बैंक परियोजना सञ्चालन गर्न नेदरल्याण्डबाट १ हजार ५३ यूरो अर्थात १ लाख ४७ हजार ३८८ रुपैयाँ एनआरएनएको सचिवालयमा पठाइएको हो।

एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत मोबाइल ब्लड बैंक परियोजना अघि बढाइरहेको छ । आधुनिक प्रविधिसहितको यो बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने , संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध छ।

संघले यसअघि यस्तै किसिमको बस चितवनमा हस्तान्तरण गरिसकेको छ। दोस्रो चरणमा सुदुर पश्चिम प्रदेशलाई लक्षित गरेर धनगढीमा उपलब्ध गराउने तयारी गरिएको छ। अबको केही महिनामै यो बस हस्तान्रण गर्ने संघको लक्ष्य छ । यसका लागि अहिले संघले संसारभर आर्थिक जुटाइरहेको छ।