कतार पेट्रोलियमले तोक्यो मे महिनाको ग्यासोलीनको मूल्य

दोहा। कतार पेट्रोलियमले मे महिनाको लागि ग्यासोलीनको मूल्य तोकेको छ। ३० अप्रिलमा तोकिएको दुवै प्रकारका पेट्रोलको मूल्य यथावत् राखिएको छ भने डिजलको मूल्य घटाइएको छ।
मे महिनाको लागि प्रति लिटर डिजेल को मुल्य १.६५ कतारी रियाल तोकिएको छ। अप्रिल महिनामा प्रतिलिटर डिजेललाई १.७० कतारी रियाल तोकिएको थियो। यसरी डिजलको मूल्य अप्रिल महिनामा भन्दा मे महिनामा घटेको छ।
त्यसैगरी पेट्रोल सुपर ९५ को प्रतिलिटरको मुल्य १.८५ कतारी रियाल र पेट्रोल प्रिमियम ९१ को प्रतिलिटरको मूल्य १.८० कतारी रियला तोकिएको छ। यी दुवै पेट्रोलको मूल्य गत महिनाको तुलनामा स्थिर रहेको छ।
कतार पेट्रोलियमले कतारमा ग्यासोलीनको निस्कासन, भण्डारण, व्यवस्थापन तथा निर्यातको प्रबन्ध मिलाउनुका साथै ग्यासोलीनको मूल्य निर्धारण तथा बजार नियमन गर्ने गर्दछ।
ताजा अपडेट

महाकुम्भमा पुगे ५० करोड भक्तजन
