एनआरएनए क्षेत्रीय समन्वय समिति अल कासिमको नेतृत्वमा पुन : रम्जानदिन मियाँ

एनआरएनए क्षेत्रीय समन्वय समिति अल कासिमको नेतृत्वमा पुन : रम्जानदिन मियाँ

रियाद । गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरबको अध्यक्षमा पुनः रमजनदिन मियाँ चुनिएका छन् । शुक्रबार सम्पन्न संघको चौथो अधिवेशनल आगामी कार्यकालको लागि मियाँको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी, उपाध्यक्षमा बिष्णु रावल, सचिवमा ध्रुब कटुवाल, कोषाध्यक्षमा चिरञ्जीवी अर्याल र सह–कोषाध्यक्षमा वीरबहादुर तमाङ चयन भएका छन् । त्यस्तै य्ुवा संयोजकको जिम्मेवारी खिलेन्द्रराज कन्धवालाई दिएको छ ।

अधिवेशनबाट नुरुल जमा अन्सारी, बिनोद खड्का, सिद्दी श्रेष्ठ, रमन अर्याल, अर्जुन थापा, बद्री केसी र अशोक सुवेदी कार्यसमिति सदस्यमा चुनिएका छन् ।

अध्यक्ष रम्जान दिन मियाँको सभापतित्वमा सचिव बिष्णु रावल तथा सहसचिव ध्रुब कटुवालद्वारा संचालित कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि तथा अतिथिहरुले दिएको शुभकामना मन्तव्यमा अल कासिम क्षेत्रीय समितिले गरेका सामाजिक सेवा प्रति सबै अभारी रहेको र अन्य क्षेत्र भन्दा अगाडी रहेर श्रमिकहरुको समस्या समाधानमा ठूलो योगदान दिएको बताएका थिए ।

एनआरएनए साउदी अरबको महाधिवेशन नजिकिँदै गर्दा आफ्नो मातहतका स्थानीय समिति तथा क्षेत्रीय समितिहरुको अधिवेशन भइरहेको छ ।