श्रमिकको न्यूनतम पारिश्रमिक बढाउँछौं : प्रधानमन्त्री

श्रमिकको न्यूनतम पारिश्रमिक बढाउँछौं : प्रधानमन्त्री

काठमाडौं । आउँदो आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुर दिवसको शुभकामना व्यक्त गर्दै आउँदो आर्थिक वर्षमा श्रमिकको न्यूनतम मासिक पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्‍याइने बताएका हुन् ।

अहिले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँ रहेको छ । साथै उनले श्रमिक क्षेत्रमा व्याप्त रहेको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका छन् ।

मजदुर दिवसको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको निम्ति गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्तालगायतका व्यवस्था गरिएको पनि दाबी गरेका छन् ।