नेपालमा कोरोनाको त्रास :आजै थपिए ५ हजार ६५७ नयाँ संक्रमित

नेपालमा कोरोनाको त्रास :आजै थपिए ५ हजार ६५७ नयाँ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । आज मात्रै थप ५ हजार ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ३९१ ज्नामा गरिएको पीसीआर परिक्षणमा ५ हजार ६५७ जनामा कोरोना संक्रमण भेटिएको हो । आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा ९२८ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सोही समयमा नेपालमा थप ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा २ हजार ९५६ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा २ हजार ४०४ जना, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।