नेपग्याजम कमेडी’ विश्व रेकर्ड राख्ने तयारीमा

नेपग्याजम कमेडी’ विश्व रेकर्ड राख्ने तयारीमा

काठमाडौं– पछिल्लो समय स्ट्याण्डअप कमेडीमार्फत दर्शकको मन जित्न सफल ‘नेपग्याजम कमेडी’ नामक समुहले विश्व कीर्तिमान राख्ने तयारी गरेको छ ।

उनीहरुले सगरमाथाको कालापत्थरमा स्ट्याडअप कमेडी प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारी गरेको हो । ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले यो कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो।

कार्यक्रम आगामी वैशाख २० गते विश्वकै सबैभन्दा उच्च शिखर सगरमाथाको फेदी कालापत्थर (५,६४३ मिटरमा) आयोजना हुँदैछ । कार्यक्रममा नेपग्याजमले आफ्ना दुई स्टयाण्डअप कमेडीयनलाई प्रस्तुत गर्नेछ।

कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमतिसमेत पाइसकेको छ । यसअघि इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधार शिविर (५,२७० मिटर) मा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए।