नेपालमा कोरोना कहर : एकैदिन ३५ संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समय थप ४ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५९७ जनाको आरटीपीसीआर परिक्षणमा ४ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १ हजार ७१४ जना महिला रहेका छन् भने २ हजार ११७ जना पुरुष रहेका छन् ।
आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको छ ।
ताजा अपडेट

प्रवास खबर
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रवास खबर