संयुक्त राष्ट्रसंघले कोभिड विरुद्ध लड्न भारतलाई सहयोग गर्ने

संयुक्त राष्ट्रसंघले कोभिड विरुद्ध लड्न भारतलाई सहयोग गर्ने

संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सहयोग गर्ने भएको छ । कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रसंघले यसका विरुद्धमा लड्न भारतलाई सहयोग गर्ने भएको संघकाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका विशिष्ठ जनस्वास्थ्य विदसहितको समूह हाल भारत पुगेको छ । साथै संयुक्त राष्ट्रसंघले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोषले अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर भारत पठाएको  छ।

त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् ।

भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६ सय भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेषगरी महाराष्ट्रमा घुम्ती अस्पतालहरु राखिएका छन् ।

ती अस्पतालहरुमा पिसिआर परीक्षणका साथै आवश्यक स्वास्यथ् उपचार पनि उपलब्ध गराइएको बताइएको छ । भारतमा हाल कोभिड संक्रमण निकै तिब्र गतिमा बृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना संक्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार मानिस यही संक्रमणबाट मृत्यु हुने गरेका छन् ।