कतारमा इमान्दारीपूर्वक काम गरेवापत फेरि ९ नेपालीले पाए जनही १५ हजार रियाल नगद इनाम

कतारमा इमान्दारीपूर्वक काम गरेवापत फेरि ९ नेपालीले पाए जनही १५ हजार रियाल नगद इनाम

दोहा । कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले फेरि आफ्ना नौ जना नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपूर्वक काम गरेवापत नगद रकम इनाम दिएको छ ।

आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले आफ्ना नौ नेपाली कर्मचारी चन्द्र धिमाल, चन्द्र महतो, गरीब दास, गोरे श्रेष्ठ, बेलबहादुर कामी, माहिकार चौधरी, राज किशोर सिंह, राम बाबु दास र महेन्द्र मंडल धानुकलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई कतारी रियल १५ हजार (नेपाली झण्डै ५ लाख) प्रदान गरी सम्मानित गरेको हो।

कम्पनीका मालिक नासर अली अल अलीले पवित्र महिना रमजानको अवसरमा एक कार्यक्रमको आयोजना गरेर ती कर्मचारीहरुलाई नगद हस्तान्तरण गरेका थिए । ‘मलाई गर्व लाग्छ,यी श्रमिककाे कडा परिश्रमले कम्पनीको सफलतामा  योगदान पुर्याएकाे छ,’कम्पनीका मालिक नासर अली अल अली भन्छन्, ‘उनीहरुको कामको सराहना गर्दै उत्साहको टोकन कम्पनीले प्रदान गरेको हो।’

पुरस्कार पाउने महेन्द्र मण्डल धानुक नेपालको सुदूर पूर्वी पहाडी जिल्लाका हुन् । उनले यो कम्पनीमा काम गरेर शहरी क्षेत्रमा जग्गा खरिद गरेर घर समेत बनाएका छन् । चन्द्र धिमाल र चन्द्र महतोले भने कतारको आम्दानी आफ्ना बच्चालाई शिक्षित बनाउनमा खर्चिएका छन् ।

पुरस्कार पाउने मध्येका गोर श्रेष्ठ सुरुमा निर्माण क्षेत्रमा सामान्य मजदुर थिए । अहिले उनीट्रेडमा काम गर्नसक्ने दक्ष कामदार भइसकेका छन् । पुरस्कार पाउने सबै जना एक दशकअघि कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए ।अहिले उनीहरु दक्ष कामदारका रुपमा कम्पनीमा कार्यरत छन् ।

उनीहरुले नगद इनाम पाउँदा अत्यन्त खूशी लागेको बताउँदै सो रकम आफना परिवारको भविस्यको लागि लगानी गर्ने बताएका छन्।

कम्पनीले विभिन्न समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि पुरस्कार स्वरुप प्रदान गर्दै कामदारहरुको हौसला र मनोवल बढाउँदै आइरहेको छ ।



No ads found for this position