नेपालमा एकै दिन ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकै दिन ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बुधबार थप ४ हजार ८९७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संत्रलमितको संख्या ३ लाख १२ हजार ६९९ जना पुगेको छ । तीमधये २ लाख ७९ हजार २०९ जना भने कोरोना मुक्त भएका छन् । नेपालमा हाल ३० हजार २०९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ ।