दक्षिण कोरियाका न्याय मन्त्रीसँग एनआरएनए आइसीसी प्रतिनिधि कुँवरको छलफल

आप्रवासी कामदारलाई भेदभावरहित खोप उपलब्ध गराउन माग

दक्षिण कोरियाका न्याय मन्त्रीसँग एनआरएनए आइसीसी प्रतिनिधि कुँवरको छलफल

सौल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का आइसीसी प्रतिनिधि तथा व्यवसायी बिनोद कुँवरलगायत अन्य विभिन्न राष्ट्रका प्रतिनिधिसँग दक्षिण कोरियाको न्याय मन्त्रालयले छलफल गरेको छ । संघका पूर्व एसिया प्यासिफिक क्षेत्रीय उपस‌योजक समेत रहेका कुँवरले न्याय मन्त्रालयसँग नेपालीलगायत कोरियामा रहेका अन्य विदेशीले भोग्नु परेका समस्याकाबारेमा छलफल गरेका हुन् ।

कार्यक्रममा दक्षिण कोरियाली न्याय मन्त्री पार्क वोम क्यू, दक्षिण कोरिया अध्यागमन विभागका कमिसनर छा ग्यु गुन तथा निर्देशक किम व्यङ छुललगायत कोरियाली सरकारका विभिन्न उच्च पदस्त कर्मचारी तथा पाकिस्तान, बंगालदेश, टर्किलगायतका देशका प्रतिनिधिक सहभागी थिए ।

कार्यक्रममलाई सम्बोधन गर्दे न्याय मन्त्री पार्क वोम क्यूले कोरोना नियन्त्रण तथा रोकथाममा विभिन्न राष्ट्रका प्रतिनिधिहरुको पनि सहभागिता र अपनत्व रहोस् भन्ने उदेश्यले छलफल कार्यक्रम आयोजना गरिएको बताए । उनले महामारी नियन्त्रणको लागि आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध समेत गरे ।


सो अवसरमा कोरोना नियन्त्रण तथा सावधानी, विदेशीको भिषागत समस्या, कोरोना नियन्त्रणमा सहकार्य, निःशुल्क उपचार एंव बिना भेदभाब निःशुल्क भ्याक्सिनको उपलब्धत बारेमा छलफल भएको थियो।

कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिरूले आ–आफ्नो धारणा राखेका थिए । यसै क्रममा नेपालकोतर्फबाट विनोद कुँवरले विदेशी नागरिकहरुलाई विना भेदभाव कोरोना विरुद्धको खोप उपलब्ध गराउन तथा कोरोना संक्रमित विदेशीलाई निशुल्क उपचार गराउन विशेष ध्यानाकर्षण गराउँदै विदेशी नागरिकको भिषागत समस्यालाई पनि गम्भीरताका साथ लिन अध्यागमन विभागलाई अनुरोध गरेका थिए।