नेपालमा भयावह बन्दै कोरोना, आजै थपिए ४ हजार ५४२ संक्रमित

नेपालमा भयावह बन्दै कोरोना, आजै थपिए ४ हजार ५४२ संक्रमित

काठमाडौं । नेपालमा आज थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ६७२ जनाको पीसीआर परिक्षणमा ४ हजार ३४६ जना र एन्टिजेन विधिमार्फत गरिएको परिक्षणमा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितसहित नेपालमा ३ लाख ७ हजार ९२५ जना पुगेको छ । तीमध्ये २ लाख ७८ हजार ५०६ जना निको भइसकेका छन् । हाल नेपालमा २६ हजार २२५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १८ जनाको  मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।