नेपालसहित ६ देशबाट कतार आउने यात्रुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

नेपालसहित ६ देशबाट कतार आउने यात्रुले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने दोहा,कतार

दोहा । नेपालबाट कतार आउने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । कोभिड–१९ को नयाँ भेरिएन्टको जोखिम बढ्दै गएकोले नेपालसहित ६ देशबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो नियम भने २९ अप्रिलबाट लागू हुनेछ । कतारले नेपाल, भारत,बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट आउने यात्रुका लागि क्वारेन्टाइन अनिवार्य गरेको हो । ती देशबाट आउने यात्रुले १० दिन होटल अथवा १४ दिन मेकाइनिस क्वारेन्टाइनमा बस्नुपर्नेछ । यो नियम कतारमा कोभिड खोप लगाएका व्यक्तिको हकमा समेत लागू हुने मन्त्रालयले जनाएको छ ।

ती मुलुकबाट यात्रा गर्ने यात्रुले २४ घण्टाअघि परिक्षण गरिएको नेगेटिभ पीसीआर रिपोर्ट सहित यात्रा गर्नुपर्नेछ । कतारलाई ट्रान्जिट बनाएर अन्य मुलुकमा यात्रा गर्ने यात्रुको हकमा समेत यो नियम लागू हुनेछ ।

आफ्नो गन्तव्य मुलुक जान पीसीआर परिक्षण गर्नुपर्ने भएमा तीन सय रियाल तिरेर हमाद अन्तराष्ट्रिय विमानस्थलस्थित परिक्षण गर्न सकिने प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।