त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक यात्रा गर्न प्रतिबन्ध

त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक यात्रा गर्न प्रतिबन्ध

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक यात्रा गर्न नपाइने भएको छ । कोरोनाको जोखिम बढ्दै गएको हुँदा विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार राति १२ बजेदेखि रोक लगाउने अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार नेपाललाई अन्तिम गन्तव्य बनाइ विदेशबाट नेपाल आउने र नेपालबाट विदेश जान भने साविककै नियम रहेको छ ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ भेरिएन्टको संक्रमण उच्च बन्दै गएको छ । नेपालमा पनि यसको बढ्दो जोखिमलाई न्यूनिकरण गर्न भन्दै अध्यागमन विभागले तेस्रो मुलुक यात्राका लागि रोक लगाएको जनाएको छ ।