जापानमा कोरोना सङ्क्रमणबाट निधन हुनेको संख्या १० हजार

जापानमा कोरोना सङ्क्रमणबाट निधन हुनेको संख्या १० हजार

टोकियो । जापानमा सोमबार सार्वजनिक गरिएको तथ्यांक अनुसार यहाँका सङ्क्रमितमध्ये १० हजारको निधन भएको छ । सङ्क्रमण घोषणा गरेको दोस्रो दिनमै यहाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या झन धेरै देखिएको छ ।

यहाँ हालसम्म ५ लाख ६६ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएको बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्लो केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा यहाँ सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दश हजार पुगेको हो।

जापानको राजधानी टोकियो र पश्चिमी प्रान्त ओसाका, क्योटो र ह्योगोमा प्रधानमन्त्री याशिहिदे सुगाले आइतबारबाट संकटकालको घोषणा गरेका थिए । सो संकटकालपछि यहाँ सोमबार मात्र कम्तीमा ३ हजार ३०० जनामा संक्रमण देखिएको बताइएको छ ।

राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको छ । यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । यहाँका अधिकारीहरुले कारोनाको खोप दिन ढिला गरिरहेकोले आलोचना भइरहेको बताइएको छ ।