नेपालमा बज्दैछ खतराको घण्टी, आजै थपिए ३ हजार ५५६ कोरोना संक्रमित

नेपालमा बज्दैछ खतराको घण्टी, आजै थपिए ३ हजार ५५६ कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ४ सय आरटीपीसी परीक्षणमा ३ हजार ४४२ र ८९३ जनामा गरिएको एन्टिजेन परिक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लोे २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको । यससँगै नेपालमा कोरोना संक्रमणबाट ३ हजार १७६ जनाको मृत्यु भइसकेको छ ।

हाल नेपालमा २२ हजार ४३४ जना कोरोनाको उपचारमा रहेका छन् । साथै ६५ जना भने क्वारेन्टिनमा रहेका छन् ।