कर्मचारीमा कोरोना देखिएपछि राहदानी विभाग बन्द

कर्मचारीमा कोरोना देखिएपछि राहदानी विभाग बन्द

काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि राहदानी विभागले अत्यावश्यक सेवा बाहेक कार्यालय बन्द गर्ने भएको छ । कोरोना संक्रमित बाहेक अन्य कर्मचारी समेत कोरोना परीक्षणको क्रममा रहेकोले सेवाग्राहीमा संक्रमण फैलन सक्ने भन्दै विभागले कार्यालय बन्द गर्ने भएको हो ।

विभागका अनुसार बैशाख १४ बाट अर्को सूचना जारी नभएसम्म कार्यालय बन्द रहनेछ । तर, सेवाग्राहीले अत्याश्यक सेवा भने लिन सक्नेछन् । विभागले जारी गरेको अत्यावश्यक सेवामा मेडिकल इमरजेन्सी, टिकट कन्फर्म भएका र तत्काल पासपोर्ट बनाउनुपर्ने जस्ता सेवा भने विभागले प्रदान गरिनेछ ।

यसका लागि सेवाग्राहीले विभागको इमेल मार्फत सेवाका लागि अनुरोध गर्दै मेल गर्नुपर्ने विभागले जनाएको छ ।