स्थिति भयवाह भएपछि भारतीय उडानमाथि धमाधम प्रतिबन्ध

स्थिति भयवाह भएपछि भारतीय उडानमाथि धमाधम प्रतिबन्ध

दुबई। भारतमा कोरोनाले महामारीको रुप लिएसँगै विश्वका थप ६ देशले भारतीय उडानमाथि प्रतिबन्ध लगाएका छन् । कोभिड–१९ को दोस्रो लहरले भारत अति प्रभाबित हुन थालेपछि ती देशहरुले उडानमाथि प्रतिबन्ध लगाएका हुन्।

हालसालै कुवेतको नागरिक उड्डयनले भारतबाट सिधा उडानमार्फत कुवेत आउने उडानलाई २४ अप्रिलदेखि अर्को सूचना जारी नभएसम्म रोक लगाएको छ । त्यसलगत्तै यूएईले १० दिनका लागि भारतबाट आउने सबै उडानमा रोक लगाएको थियो।

यसका साथै बेलायत,क्यानाडा, हङकङ, न्यूजिल्याण्ड, यूएई, इन्डोनेसिया,कुवेत, र अष्ट्रेलियाले पनि अष्ट्रेलिया पनि भारतीय उडानमाथि प्रतिबन्ध लगाएका छन् । फ्रान्सले भने भारत हुँदै आउने यात्रुका लागि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम अघि सारेको छ । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले भने भारत यात्रा नगर्न अमेरिकी नागरिकलाई सुझाव दिएको छ।

भारतमा केहिदिन यता दैनिक ३ लाखभन्दा बढीको संख्यामा कोरोना संक्रमित भेटिने गरेको छ । यो अवस्थामा भारतको उडानमा लगाइएको प्रतिबन्ध छिट्टै हट्नेमा उद्योग विज्ञहरुले शंका व्यक्त गरेका छन् ।

अष्ट्रेलियाको प्रधानमन्त्री स्कट मोरिसनले भारत कोरोनाको उच्च जोखिममा रहेको भन्दै अत्यावश्यक बाहेक भारत जान अनुमति नदिने बताएका छन् ।यसैगरी क्यानाडाले ३० दिनका लागि भारत र पाकिस्तानको उडानलाई प्रतिबन्ध लगाएको छ । क्यानाडाले यो प्रतिबन्ध गत शुक्रबारबाट लागू गरेको छ।

बेलायतले २३ अप्रिलमा भारतको उडानलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको भन्दै रातो सूचिमा राखेको थियो । बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले भारतमा रहेका बेलायती नागरिकले भने बेलायत फर्कन पाउनेछन् । तर सरकारद्धारा अनुमोदित होटलमा क्वारेन्टाइन बस्नुपर्नेछ । उनले भारतमा डबल म्युटिएन्टको भाइरस देखिएको शंका गर्दै यो भाइरस भारतीय संस्करण हुन सक्ने बताएका छन् ।

गत मंगलबारबाट हङकङले ३ मेसम्मका लागि भारतीय उडानमाथि रोक लगाएको छ । हङकङले पाकिस्तान र फिलिपिन्स जाने उडान समेत स्थगित गरेको छ । साथै प्रत्येक यात्रुका लागि आरटिपीसीआर रिपोर्ट अनिवार्य गरेको छ । जुन यात्रा गर्नुभन्दा ७२ घण्टाअघि परिक्षण गरेको हुनुपर्ने जनाएको छ।

अमेरिकाले आफ्नो नागरिकलाई भारत यात्रा गर्न रोक लगाएको छ । यदि यात्रा गर्नै परेमा अनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाउनुपर्नेछ ।

साउदी अरेबियाले भने १७ मे सम्मका लागि अन्तराष्ट्रि«या उडान रोक्ने निर्णय गरेको छ । तर साउदीले प्रतिबन्ध लगाएको देशहरुले भने १७ मे पछि पनि उडान भर्न पाउने छैनन् । कोभिड–१९ बाट प्रभावित भएका कारण साउदीले २० देशको उडानलाई प्रतिबन्ध लगाएको छ । जसमध्ये, अर्जेन्टिना, यूएई, फ्रान्स, जर्मनी, अमेरिका, इन्डोनेसिया, भारत, जापान, आयरल्याण्ड, इटाली, पाकिस्तान, ब्राजिल, पोर्तुगल, बेलायत, टर्की, दक्षिण अफ्रिका, स्विडेन, स्विजरल्याण्ड, लेबनान र इजिप्ट रहेका छन्।

यूएईले भारतको उडानमाथि लगाएको प्रतिबन्ध अझ थप हुने जनाएको छ । भारतले कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सक्ने अवस्था नेदेखिएको हुँदा प्रतिबन्ध थप गर्नुपर्ने भएको स्ट्रैटेजिकएरो रिसर्च सेन्टरका प्रमुख विश्लेषक साज अहमदले बताए । भारतीय उडानमाथिको प्रतिबन्ध लम्बिएसँगै यूएई आउने भारतीय श्रमिकको आवगमनमा भने बाधा पुग्ने उनले बताए ।विभिन्न राष्ट्रले भारतीय उडानमाथि प्रतिबन्ध लगाएसँगै भारतको एयरलाइन्स भने नोक्सानमा जाने देखिएको छ । भारतीय एयरलाइन्सका लागि यूएई राम्रो आयस्रोत हो । यो प्रतिबन्धसँगै आम्दानी खस्किने देखिन्छ, कोरोनाले थलिएको भारतमा थप आर्थिक समस्या देखिने अहमदले बताए।

अहमदका अनुसार भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दैनिक बढ्दो क्रममा रहेको छ । यो अवस्थामा बेलयतले लगाएको प्रतिबन्ध १० दिनमा हट्ने सम्भावना न्यून छ। उडानमा लगाइएको प्रतिबन्धले यूएईका एयरलाइन्समा समेत असर पुर्याइरहेको छ ।

बाउर एविएसनका संस्थापक लिनस बेन्जामिन बाउरका अनुसार बेलायतले यूएई र भारतलाई रातो सूचिमा राख्ने निर्णय आफैमा चूनौतिपूर्ण थियो । यो निर्णयले यूएई र भारतलाई आर्थिक रुपमा असर समेत गरेको छ ।

अन्तराष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसियसन (आईएटीए) का अनुसार निरन्तर उडान क्षेत्रमा लगाइएको प्रतिबन्धले गल्फ हब क्षेत्रको अर्थतन्त्रमा नराम्रो असर गर्ने देखिएको छ ।