यस वर्षकाे ओस्कर अवार्ड ‘नोम्याडल्यान्ड’लाई [सूचिसहित]

यस वर्षकाे ओस्कर अवार्ड ‘नोम्याडल्यान्ड’लाई [सूचिसहित]

काठमाडौं । यस वर्षको ९३औँ ओस्कर अवार्ड क्लोई चाउ निर्देशित फिल्म ‘नोम्याडल्यान्ड’ले जितेको छ । यो सँगै चाउ निर्देशनतर्फ ओस्कर जित्ने दोस्रो महिलासमेत बनेकी छिन् । पहिलो ओस्कार जित्ने महिला निर्देशक क्याथरिन बिगोलो थिइन् ।

यस्तो छ ओस्कर २०२१ का विजेताहरुको सूचि :

उत्कृष्ट फिल्म : नोम्याडल्यान्ड
उत्कृष्ट निर्देशक : क्लोई चाउ (नोम्याडल्यान्ड)
उत्कृष्ट अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
उत्कृष्ट सह–अभिनेता : ड्यानियल कलुया (जुडस एण्ड दि ब्ल्याक मसाया)
उत्कृष्ट अभिनेत्री : फ्रान्सेस म्याकडोरमेन्ड (नोम्याडल्यान्ड)
उत्कृष्ट सह–अभिनेत्री : यजङ उङ (मिनारी)
एनिमेटेड फिचर फिल्म : सोल
सिनेम्याटोग्राफी : म्यांक
कस्ट्युम डिजाइन : मा रेनिज ब्ल्याक बटम
डकुमेन्ट्री फिचर : माई अक्टोपस टिचर
डकुमेन्ट्री सर्ट सब्जेक्ट : कलेट
फिल्म सम्पादन : साउन्ड अफ मेटल
अन्तर्राष्ट्रिय फिचर फिल्म : एनोदर राउन्ड (डेनमार्क)
मेकअप एण्ड हेयर स्टाइलिङ : मा रेनिज ब्ल्याक बटम
संगीत : सोल
गीत : फाइट फर यु (जुडस एन्ड द ब्ल्याक मसाया)
प्रोडक्सन डिजाइन : म्यांक
सर्ट फिल्म (एनिमेटेड) : इफ एनिथिङ ह्यापेन्स आइ लभ यु
सर्ट फिल्म (लाइभ एक्सन): द टु डिस्टेन्ट स्ट्रेन्जर्स
ध्वनि : साउन्ड अफ मेटल
भिजुअल इफेक्ट्स : टेनेट