मलेसियामा आज थप २ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि

मलेसियामा आज थप २ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि क्वलालम्पुर

क्वालालम्पुर । मलेसियामा पछिल्लो २४ घण्टामा थप २ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसहित मलेसियामा कोरोना संक्रमितको संख्या ३ लाख ९२ हजार ९४२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा मलेसियामा थप १० जनाको मृत्यु भएको छ । यससँगै मलेसियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३६ पुगेको छ ।

मलेसियामा जम्मा संक्रमितमध्ये ३ लाख ६७ हजार ७५३ जना निको भइसकेका छन् । हाल २३ हजार ७५३ जना भने सक्रिय संक्रमित छन् । तीमध्ये २८३ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।