नेपालमा कोरोना संक्रमित दिनानुदिन बढ्दै, एकैदिन २८ को निधन

नेपालमा कोरोना संक्रमित दिनानुदिन बढ्दै, एकैदिन २८ को निधन सांकेतीक तस्वीर

काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २८ जनाको निधन भएको छ । आज थपिएको संख्यासँगै नेपालमा कोरोनाका कारण ३ हजार १६४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही समय थप ३ हजार ३२ जनामा कोरोना संक्रमण भेटिएको छ । ९ हजार २९२ पीसीआरमा ३ हजार ३२ र ७८६ मा एन्टिजेन मार्फत गरिएको परिक्षणमा ९० जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

आज थपिएको संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ । तीमध्ये २ लाख ७७ हजार ५७३ कोरोना मुक्त भएका छन् ।

हाल नेपालमा १९ हजार ३८२ जना कोरोना उपचारको क्रममा रहेका छन् । नेपालमा कोरोना संक्रमण सुरु भएसँगै २४ लाख ५ हजार १७ जनामा कोरोना परिक्षण गरिएको छ ।