विदेशी नागरिकले पीसीआर परिक्षण गर्न नपाइने

विदेशी नागरिकले पीसीआर परिक्षण गर्न नपाइने

काठमाडौं । नेपालमा विदेशी नागरिकले पीसीआर परिक्षण गर्न नपाइने भएका छन्। पीसीआर परिक्षणका लागि नेपाली नागरिकले पनि परिचय खुल्ने प्रमाणपत्र पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी एवम नेपालमा बसोबास गर्ने विदेशी नागरिकले परिचय खुल्ने प्रमाण भए मात्रै पीसीआर परिक्षण गर्न पाउनेछन् । यसका अलावा नेपाललाई ट्रान्जिट बनाएर आएका वा परिक्षणका लागि मात्रै आएका विदेशी नागरिकको पीसीआर परिक्षण नगर्न मन्त्रालयले निर्देशन जारी गरेको हो ।

नेपालमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा विदेशी नागरिकलाई बन्देज लगाउन मन्त्रालयले यो निर्देशन जारी गरेको हो । मन्त्रालयको निर्देशन विपरीत परिक्षण गर्ने, गराउने गरेको पाइएमा सम्बन्धित प्रयोगशालालाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।