विदेश जाँदै हुनुहुन्छ ? पीसीआर यी अस्पतालबाट मात्रै गर्नुहोस्

विदेश जाँदै हुनुहुन्छ ? पीसीआर यी अस्पतालबाट मात्रै गर्नुहोस्

काठमाडौं । विदेश जानका लागि सरकारले तोकेको अस्पतालबाट मात्रै पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । सरकारी प्रयोगशाला तथा अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोगशालाले मात्रै पीसीआर परिक्षण गर्न पाइने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

केहि दिनअघि नक्कली पीसीआर रिपोर्टमार्फत विदेश जान लागेका सयौँ यात्रुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो । पीसीआर परीक्षणमा भइरहेको अनियमिततालाई रोक्न प्रयोगशालाले निश्चित अस्पताललाई मात्रै परिक्षण गर्ने अनुमति दिइएको जनाएको छ।

प्रयोगशालाले तोके अनुसार कोभिड परिक्षण गर्ने सबै अस्पताल तथा प्रयोगशाला, स्टार हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल, मनमोहन मेमोरियल मेडिकल एन्ड टिचिङ हस्पिटल,युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल र ह्याम्स हस्पिटलबाट मात्रै पीसीआर परीक्षण गराउनुपर्नेछ।

पीसीआर परीक्षण गर्न अस्पतालमा पासपोर्ट अथवा भारत यात्रा गर्ने हो भने पहिचान खुल्ने कागजात बुझाउनुपर्नेछ । सम्बन्धित व्यक्तिको फोटो र बारकोर्ड सहित अनलाइनमार्फत रिपोर्ट हेर्न मिल्ने प्रयोगशालाले जनाएको छ।