नेपालमा सुनचाँदीको मूल्य घट्यो

नेपालमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुन तोलामा ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी शुक्रबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७८ हजार २७५ रुपैयाँ, तेजावी सुन ७७ हजार ८४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार १२३ रुपैयाँ मूल्य कायम गरेको छ ।