एनआरएनए दम्माममा हरि थापाको नेतृत्वमा नयाँ कार्यसमिति

एनआरएनए दम्माममा हरि थापाको नेतृत्वमा नयाँ कार्यसमिति

रियाद। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थानीय  समिति दम्माम साउदी अरबमा हरि थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा आगामी कार्यकालका लागि सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी दिपक खाणले पाएका छन् । त्यस्तै सचिवमा रामबहादुर खड्का, सह–सचिवमा राम थापा, कोषाध्यक्षमा रमेश राजवंशी र सह–कोषाध्यक्षमा सरोज कुमार मण्डल चयन भएका छन्।

अधिवेशनले प्रवक्ताको जिम्मेवारी सुरज आचार्यलाई दिएको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा पासाङ शेर्पा, संजित कुमार पासवान, तेजबहादुर शाही र ओम नारायण श्रेष्ठ निर्वाचित भएका छन्।

एनसीसी साउदी अरबका अध्यक्ष तेजबहादुर थापाले अधिवेशन सफलतापूर्वक सम्पन्न गराएकोमा स्थानीय समिति दम्मामका निवर्तमान पदाधिकारीलाई धन्यावाद दिएका थिए । उनले नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिए। अधिवेशनमा एनआरएनएका मध्यपूर्वक उपसंयोजक राजेन्द्र अर्याल (जोन) को पनि सहभागिता थियो ।

साउदीमा एनआरएनएका ६ वटा स्थानीय र ५ वटा क्षेत्रीय समिति छन् । अध्यक्ष थापाका अनुसार यी सबै समितिले मे महिनाको अन्तयसम्म अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गर्नुपर्नेछ । आउँदो शुक्रबार क्षेत्रीय समिति अलकासिमको पनि अधिवेशन तय भएको अध्यक्ष थापाले प्रवास खबरलाई जानकारी दिए।