एनआरएनए अलखोरमा नयाँ कार्यसमिति, नेतृत्वकाे जिम्मेवारी खड्काको काँधमा

एनआरएनए अलखोरमा नयाँ कार्यसमिति, नेतृत्वकाे जिम्मेवारी खड्काको काँधमा

रियाद। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थानीय समिति अलखोर साउदी अरबको अध्यक्षको जिम्मेवारी दुर्गाबहादुर खड्काको काँधमा गएको छ । शुक्रबार सम्पन्न अधिवेशनले खड्काको नेतृत्वमा आगामी कार्यकालका लागि सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी दिपक खाणले पाएका छन् । त्यस्तै सचिवमा रामबहादुर खड्का, सह–सचिवमा राम थापा, कोषाध्यक्षमा रमेश राजवंशी र सह–कोषाध्यक्षमा सरोज कुमार मण्डल चयन भएका छन् ।

अधिवेशनलेबाट सचिवमा हरि ओली, सह–सचिवमा मोती राज चाम्लिङ, कोषाध्यक्षमा जय थारु र सह–कोषाध्यक्षमा होमनाथ भण्डारी चुनिएका छन् ।

त्यसैगरी सदस्यहरुमा लाल प्रसाख धिताल र बसन्तरान भण्डारी निर्वाचित भएका छन् ।

एनसीसी साउदी अरबका अध्यक्ष तेजबहादुर थापाले अधिवेशन सफलतापूर्वक सम्पन्न गराएकोमा स्थानीय समिति अलखोरका निवर्तमान पदाधिकारीलाई धन्यावाद दिएका थिए । उनले नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत दिए । अधिवेशनमा एनआरएनएक मध्यपूर्वक उपसंयोजक राजेन्द्र अर्याल (जोन) को पनि सहभागिता थियो।

साउदीमा एनआरएनएका ६ वटा स्थानीय र ५ वटा क्षेत्रीय समिति छन् । अध्यक्ष थापाका अनुसार यी सबै समितिले मे महिनाको अन्तयसम्म अधिवेशन गरेर नयाँ कार्यसमिति गठन गर्नुपर्नेछ । आउँदो शुक्रबार क्षेत्रीय समिति अलकासिमको पनि अधिवेशन तय भएको अध्यक्ष थापाले प्रवास खबरलाई जानकारी दिए ।