कतारमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

कतारमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

दोहा । कतारमा कोराना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ । शुक्रबार थप ७९८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख ७७८ पुगेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कतारमा थप ६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ४१३ पुगेको छ । शुुक्रबार ५०५ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

बिहीवार कतारमा ८ सय जनामा कोरोना देखिएको थियो भने ७ जनाको मृत्यु भएको थियो।

कतारमा अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ९०४ छ । तीमध्ये ४४१ जनाको अवस्था गम्भिर छ । कतारले हालसम्म १८ लाख ७० हजार २०२ जनामा कोरोनाको परीक्षण गरेको जनाएको छ ।