नेपालमा आज थप २ हजार ४४९ जनामा कोरोना संक्रमण

नेपालमा आज थप २ हजार ४४९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज थप २ हजार ४४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ७९८ जनाको पीसीआर र ८६६ जनामा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । तीमध्ये २ लाख ७६ हजार ७५५ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा १४ हजार ७२४ सक्रिया संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार १२२ जनाले ज्यान गुमाइसकेका छन् ।