यूएईमा झन्डै २ हजार नयाँ कोरोना संक्रमित थपिए

यूएईमा झन्डै २ हजार नयाँ कोरोना संक्रमित थपिए

यूएई । यूएईमा शुक्रबार झन्डै २ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ९७३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यूएईमा संक्रमितको संख्या ५ लाख ६ हजार ८४५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यूएईमा ४ लाख ८८ हजार ६६८ जना कोरोना मुक्त भइसकेका छन् । हाल यूएईमा १६ हजार ६१४ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा यूएईमा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् । यससँगै यूएईमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९७३ पुगेको छ । यहाँ कोरोना भाइरस सुरु भएसँगै ४ करोड २६ लाख ९८ हजार ४६६ जनामा कोरोना परिक्षण गरिएको छ ।