मलेसियामा एकैदिन ८ कोरोना संक्रमितको निधन

मलेसियामा एकैदिन ८ कोरोना संक्रमितको निधन क्वलालम्पुर

क्वालालम्पुर । मलेसियामा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मलेसियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा थप २ हजार ८४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मलेसियामा कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार ५३५ पुगेकोे छ । तीमध्ये ३ लाख ६३ हजार ६०८ जना कोरोना मुक्त भइसकेका छन् ।

हाल मलेसियामा सक्रिय संक्रमितको संख्या २२ हजार ५१२ रहेका छन् । तीमध्ये २६० संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।