नेपालमा सुनचाँदीको मूल्य घट्यो

नेपालमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबारको तुलनामा सुन तोलामा ५ सयले घटेर छापावाला सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी बुधबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७८ हजार ६२० रुपैयाँ, तेजावी सुन ७८ हजार १९० रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार १३१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।