विदेशबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

विदेशबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको बजार विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६३ पैसा, बिक्रिदर १२० रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी यूरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा रहेको छ भने विक्रिदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।

यसैगरी आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५७ पैसा, बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३९७ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३९९ रुपैयाँ २५ पैसा रहेको छ । साथै बहराइनी दिनार एकको खरिददर ३१७ रुपैयाँ ३३ पैसा, बिक्रिदर ३१८ रुपैयाँ ९३ पैसा रहेको छ ।