एनआरएनएको ‘थ्रिआर प्रोजेक्ट’ : कुन देशमा कति श्रमिक लाभान्वित भए ?

एनआरएनएको ‘थ्रिआर प्रोजेक्ट’ : कुन देशमा कति श्रमिक लाभान्वित भए ? फाइल तस्वीर : एनआरएनएले मलेसियाको जेलबाट उद्धार गरि ल्याएका नेपाली, सञ्चारकर्मीसँग जेलमा भोगेको दुख सुनाउँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गर्दै आएको ‘थ्री आर’ अर्थात्, ‘सहायता, स्वदेश फिर्ता र पुनःस्थापना’ प्रोजेक्ट मार्फत झण्डै १७ हजार नेपालीले लाभ लिएका छन् । संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा विदेशमा अलपत्र नेपालीका लागि चलाइरहेको यो कार्यक्रमार्फत मार्चसम्म १६ हजार ७८४ जना लाभान्वित भएका हुन्।

कार्यक्रमका संयोजक समेत रहेका संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार यस परियोजनामा मार्चको अन्तिमसम्म १७ हजार ३८३ नेपाली सूचीकृत भएका थिए ।तीमध्ये १६ हजार ७८४ जनालाई सहयोग उपलब्ध गराइएको हो। यो कार्यक्रममार्फत खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट, कानूनी साहयता, पीसीआर परीक्षण, मानसिक स्वास्थ्य परामर्शमा सहयोग पुर्याइएको छ।

जसअनुसार २ हजार ८७३ जनालाई खाना र बस्नको व्यवस्था गरिएको छ । त्यस्तै १० हजार ३६२ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराएको छ । कार्यक्रमले ४८१ जनालाई कानूनी सायताले सघाएको छ ।त्यस्तै ४ हजार ३२८ जनालाई डकुमेन्टेसनमा सहयोग पुर्याइएको छ । समस्यामा परेका नेपाली श्रमिकमध्ये घर फिर्तीका लागि ३ सय ६७ जनालाई पीसीआर तथा २ सय ३८ जनालाई आंशिक हवाइ टिकटको व्यवस्था गरिएको संघले जनाएको छ ।

यो अवधिमा संघले विभिन्न देशमा कैदी जीवन बिताइरहेका २३ जना नेपालीलाई जेलमुक्त गराएर स्वदेश फिर्ता ल्याउन सफल भएको छ । दूतावासको समन्वयमा जरिवाना वापतको रकम तिरेर उनीहरुलाई जेलमुक्त गरिएको संघले जनाएको छ।

त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएका २४९ नेपालीलाई पुन काम दिलाइएको छ । त्यस्तै अलपत्र परेका १ हजार १६३ जनालाई सम्बन्धित देशको सुरक्षित सेल्टरसम्म पुर्याउन यातयात खर्च उपलब्ध गराइएको छ ।त्यस्तै विदेशीबाट काठमाडौंसम्म उद्धार गरी ल्याइएका १ हजार १६ नेपालीलाई आ–आफ्नो घरसम्म जानका लागि यातायात खर्च उपलब्ध गराइएको छ ।

देश अनुसार यो कार्यक्रममार्फत कतारमा ३ हजार ८२१, मलेसियामा २ हजार ९३७, साउदी अरेवियामा ३ हजार ७५२, यूएईमा २ हजार ८५७, कुवेतमा ३६, ओमनमा २६, कम्बोडियामा २२, बहराइनमा ६ र रसियामा १ जनाले सहयोग पाएका हुन् । यो कार्यक्रम आगामी मेसम्म चल्ने संयोजक डा. केसीको भनाइ छ ।

कुन देशमा कति जनाले कस्ता सेवा पाए ?

कतार

खाना र बस्न– ४ सय ९४ जना

मानसिक तथा स्वास्थ्य परामर्श– १ हजार ७७९जना

कानूनी सहायता– २३ जना

डकुमेन्टेसन–३३३ जना

पुन : रोजगारीमा लगाएदिएको– १०१ जना

पीसीआर परिक्षण– १० जना

लोकल ट्रान्सपोटेसन– ५ जना

हवाइटिकट– ५ जना

हिरासत जरिवाना – १ हजार १३९ जना

मलेसिया

खाना र बस्न– ९१६ जना

मानसिक तथा स्वास्थय परामर्श– १ हजार २७८ जना

कानूनी सहायता–४४ जना

डकुमेन्टेसन– १ हजार १३० जना

पुन : रोजगारीमा लगाएदिएको–४२ जना

पीसीआर परिक्षण– २३ जना

लोकल ट्रान्सपोटेसन–६ जना

साउदी अरेयिबा

खाना र बस्न– ४४२ जना

मानसिक तथा स्वास्थ्य परामर्श– २ हजार ५५६ जना

कानूनी सहायता–३६४ जना

डकुमेन्टेसन– २ हजार ५६७ जना

पुनः रोजगारीमा लगाएदिएको–१०० जना

पीसीआर परिक्षण– ११९ जना

लोकल ट्रान्सपोटेसन–१५ जना

हवाइ टिकट– ८५ जना

हिरासत जरिवाना– ९ जना

यूएई

खाना र बस्न– ९८३ जना

स्वास्थ्य तथा मानसिक परामर्श– २ हजार ३१६ जना

कानूनी सहायता–५० जना

डकुमेन्टेसन– २९८ जना

पुन : रोजगारीमा लगाएदिएको– ६जना

पीसीआर परिक्षण– ८२ जना

लोकल ट्रान्सपोटेसन– ८४ जना

हवाइ टिकट– ४७ जना

हिरासत शुल्क– ८ जना

कुवेत

पीसीआर परिक्षण– ३५ जना

हवाइ टिकट–३४ जना

बहराइन

खाना बस्न–६

पीसीआर परिक्षण–६ जना

हवाइ टिकट– ६ जना

ओमन

जम्मा श्रमिक–२६ जना

खाना बस्न–१० जना

पीसीआर परिक्षण–१८ जना

हवाइ टिकट –२० जना

कम्बोडिया

खाना बस्न–२२ जना

पीसीआर–२२ जना

हवाइ टिकट–२२ जना

काठमाडौं

परामर्श–२ हजार ४३३

यातातात खर्च– १ हजार १६