ओमनमा एकैदिन थपिए १ हजार ५०८ संक्रमित, मृत्युदर पनि बढ्दो

ओमनमा एकैदिन थपिए १ हजार ५०८ संक्रमित, मृत्युदर पनि बढ्दो

मस्कट । ओमनमा बिहीबार एकैदिन १ हजार ५ सयभन्दा बढीमा कारोनाको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५०८ जना संक्रमित थपिएको ओमनको स्वास्थ मन्त्रालयले जनाएको छ।

बितेको २४ घण्टमा १६ जनाले संक्रमणको कारण ज्यान गु्माएका छन् ।  मन्त्रालयका अनुसार ओमनमा अहिले १८ हजार २८५ ‘एक्टीभ केस’ छन् । तीमध्ये २६६ जनाको अवस्था गम्भिर छ।

बिहीवार १ हजार ३०१ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन्।

हालसम्म ओमनमा कोरोनाबाट संक्रमित हुनेको संख्या संख्या १ लाख ८५ हजार २७८ पुगेको छ । तीमध्ये १ लाख ६५ हजार ५१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म १ हजार ९४२ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् ।

बुधवार १ हजार ७७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै १७ जनाको निधन भएको थियो । बिहीबार संक्रमणदर बढेको हो ।

स्वास्थ्य मन्त्रालयले सम्पूर्णलाई सामाजिक दूरी कायम गर्दे स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।