निरन्तर उकालो लाग्दै सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

निरन्तर उकालो लाग्दै सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपालमा आज पनि सुनको मूल्य उकालो लागेको छ । बुधवारको तुलनामा सुन प्रति तोला २ सयले बृद्धि भई छापावाला सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजावी सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी बुधबारको तुलनामा चाँदी तोलामा २५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७९ हजार ४५ रुपैयाँ, तेजावी सुन ७८ हजार ६१५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार १४४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।