नायिका करिश्मा मानन्धर आइसोलेसनमा

नायिका करिश्मा मानन्धर आइसोलेसनमा

काठमाडौं । केहीदिनयता एकपछि अर्को गर्दै कलाकारहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । यसै साता अभिनेता मदनकृष्ण श्रेष्ठसहित उनको सम्पूर्ण परिवारमा कोरोना पोजेटिभ देखिएको थियो ।

कलाकारहरु संक्रमित हुन थालेपछि चलचित्र, म्यूजिक भिडियो छायांकनमा असर पर्न थालेको छ। मंगलबारमात्रै केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएपछि अधिकारी लिड रोलमा भएको चलचित्र ‘घिन्ताङ’को छायांकन प्रभावित भएको थियो ।

मदनकृष्ण र केकीलाई भेटेका कलाकारहरु अहिले होम आइसोलेसनमा बस्न थालेका छन् । अभिनेत्री करिश्मा मानन्धरले बुधबार आफूलाई आइसोलेट गरेको जनाएकी छिन् ।

मदनकृष्ण र केकीलाई भाइरस संक्रमण भएपछि आफूलाई एकान्तवासमा राखेको उनले जनाएकी छिन् । साथै उनले मदनकृष्ण र केकीको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।