पाँच देशका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) बन्द

पाँच देशका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) बन्द

काठमाडौंं । सरकारले उच्चशिक्षा अध्ययनका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) जारी नगर्ने भएको छ । विभिन्न पाँच देशका लागि वैदेशिक अध्ययन अनुमतिपत्र जारी गर्न बन्द गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचना जारी गर्दै बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र दिन बन्द गरिएको जनाएको छ।

मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलका अनुसार विश्वभर कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरिएको हो । अर्काे सूचना जारी नभएसम्म ती पाँच देशका लागि एनओसी जारी नगरिने मन्त्रायले जनाएको छ ।

सम्बन्धित मुलुककमा अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने याे नियम लागू नहुने मन्त्रालयले जनाएको छ ।