नेपालको हवाइमार्ग प्रयोग गरेर तेस्रो मुलुक उड्न भारतीय यात्रुलाई एनओसी नचाहिने

नेपालको हवाइमार्ग प्रयोग गरेर तेस्रो मुलुक उड्न भारतीय यात्रुलाई एनओसी नचाहिने

काठमाडौं । भारतीय नागरिकले नेपालको हवाइमार्ग हुँदै तेस्रो मुलुकमा यात्रा गर्दा नो अब्जेक्सन लेटर (एनओसी) देखाउन नपर्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले २२ अप्रिलदेखि जुन १९ सम्म त्रिभूवन विमानस्थलबाट यात्रा गर्ने भारतीय नागरिकले एनओसी बिना तेस्रो मुलुकमा यात्रा गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

भूमी मार्ग हुँदै नेपाल आएका तर राहादानी बाहेकका परिचयपत्र देखाइ तेस्रो मुलुक जान चाहने भारतीय नागरिकले भने एनओसी लिनुपर्नेछ दूतावासले जनाएको छ ।

यसबारे त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा जानकारी गराइसकेको भारतीय दूतावासले जनाएको छ । विमानस्थलमा यसबारे कुनै समस्या भएमा सिधै  सम्पर्क गर्न दूतावासले  आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।

पछिल्लो समय साउदीलगयातका देशले भारतमा कोरोना संक्रमण बढेसँगै भारतको उडानमा प्रतिवन्ध लगाएपछि नेपालको नेपालको विमानस्थल प्रयोग गरेर विदेश जाने भारतीयको संख्या बढेको छ ।