अमेरिकास्थित नेपाली दूतावासको घुम्ति कन्सुलर शिविर यी दुई स्थानमा

अमेरिकास्थित नेपाली दूतावासको घुम्ति कन्सुलर शिविर यी दुई स्थानमा

वाशिंटन डिसी । अमेरिकास्थित नेपाली दूतावासले यहाँका विभिन्न राज्यमा घुम्ति कन्सुलर सेवा शिविर सञ्चालन गर्ने भएको छ । शिविर मार्फत कन्सुलर सेवा प्रदान गरिने हुँदा उक्त स्थानमा रहेका नेपालीलाई आवश्यक सेवा लिन दूतावासले अनुरोध गरेको छ ।
दूतावासले टेक्सास राज्यको ड्यालस र ह्युस्टन शहरमा शिविर सञ्चालन गर्ने भएको हो । ड्यालस शहरस्थित १४ र १५ मे का दिन शिविर सञ्चालन हुनेछ । दूतावासले पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म र दोस्रो दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने जनाएको छ ।

यसैगरी ह्युस्टन शहरस्थित दुइ दिन १६ र १७ मेमा शिविर सञ्चालन हुनेछ । सेवाग्राहीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा लिन सक्नेछन् ।