पूर्व अध्यक्ष लामिछानेको नेतृत्वमा ‘एनआरएन फाउण्डेसन’को स्थापना

पूर्व अध्यक्ष लामिछानेको नेतृत्वमा ‘एनआरएन फाउण्डेसन’को स्थापना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन फाउण्डेसन ’को स्थापना गरेको छ । नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्नका लागि पूर्व अध्यक्ष जीवा लामिछानेको संयोजक्तवमा  फाउण्डेसनको स्थापना गरिएको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए।

विश्वको विभिन्न मुलुकमा रहेका नेपालीले नेपालमा गर्दै आएका परोपकारी कामलाई प्रभावकारी र पारदर्शी बनाउने उदेश्यका साथ फाउण्डेसनको स्थापना गरिएको उनले बताए । अध्यक्ष पन्तका अनुसार फाउण्डेसनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग गर्नेछ । त्यस्तै मठमन्दिर, प्राचिन स्मारकको मर्मत तथा जीर्णोद्धार, कला तथा संगीत क्षेत्रमा पनि फाउण्डेसनले सहयोग रहनेछ । यसका अलावा वैज्ञानिक तथा श्रमिकको क्षमता वृद्धि, अन्तराष्ट्रिय खेलकुद विकासमा सहयोग, गैरआवासीय नेपालीको उत्थान,विपत व्यवस्थापन तथा अन्य क्षेत्रमा पनि यो फाउण्डेसनले काम गर्नेछ।

एनआरएनएको विधान २००३ (२०२१ को संशोधनसहित) मा फाउण्डेसन सञ्चालन गर्न पाइने व्यवस्था छ । नेपालभित्र वा विश्वको जुनसुकै स्थानमा विधान अनुरुप फाउण्डेसनको स्थापना गर्न सकिनेछ । फाउन्डेसनमार्फत गर्ने कार्यमा आवश्यक कोषको व्यवस्थापनमा सहयोग पुग्ने संघको विश्वास छ ।