शेर्पामाथि लगाइएको आरोप निराधार : जनजाति महासंघ यूएई

शेर्पामाथि लगाइएको आरोप निराधार : जनजाति महासंघ यूएई

यूएई । एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पामाथि लगाइएकाे आर्थिक अनियमितताको आरोप अपुष्ट भएको जनाइएकाे छ। शेर्पाले आर्थिक अनियमितता गरेको कुनै प्रमाण नभेटिएको नेपाल आदिवासी जनजाति महासंघ यूएईलेकाे दावी छ।

महासंघले गरेको अध्ययनमा एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले सम्पूर्ण आर्थिक कारोबार, रकम भुक्तानी आफैले गरेको र उपाध्यक्ष शेर्पाको कुनै संलग्नता नरहेको भन्दै तयार पारेको भिडियो, अडियो र लिखित डकुमेन्ट समेत भेटिएको महासचिव कुमार बलामीले जनाएका छन । उद्धारको समय खाना खुवाउँदा खानाको दर भाउ अध्यक्षकै सहमतिमा निर्धारण भएको र शेर्पाले निर्धारित रकम नै भूक्तान गरेको भौचर प्राप्त भएको हुँदा अनियमितताको आरोप पुष्टि नभएको महासंघकाे दावी छ।

कोभिड–१९ का कारण विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धार गर्न एनआरएनए आईसिसीद्वारा उद्धार परियोजना सञ्चालन गरिएको थियो । जसअन्तर्गत अलपत्र परेका नेपालीलाई खाना खुवाउने क्रममा उपाध्यक्ष शेर्पाले आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) द्वारा प्राप्त सहयोगबाट संचालित सो परियोजना एनआरएनए एनसिसी युएईले संचालन गर्न अस्विकार गरेपछि आईसिसीले आफ्नै निगरानीमा अध्यक्ष प्रकाश कोईराला मार्फत संचालन गरेको थियो । अध्यक्ष र आईसिसिको निर्देशनमा शेर्पाले माग गरे अनुसारको आवश्यक सहयोग मात्र गरेको महासंघले जनाएको छ ।

शेर्पा नेपाल आदिवासी जनजाती महासंघ युएईका संरक्षण समितिका संयोजक समेत रहेका छन् ।