नेपालमा एकैदिन ९ सय जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन ९ सय जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १५८ जनामा गरिएको पीसीआर परिक्षणमा ८३६ र एन्टिजेन परिक्षणबाट ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज थपिएको संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ । सोही अवधिमा २०८ जना कोरोना मुक्त भएका छन् । यससँगै २ लाख ७४ हजार ८१२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । आज थपिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।