कुवेतमा फेरि बढ्यो कोरोना, नेपालीलाई सतर्कता अपनाउन आग्रह

कुवेत । केहि दिनयता कुवेतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ । दैनिक थुप्रै नेपालीमा कोरोना संक्रमण देखिएको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) कुवेतले सचेत रहन आग्रह गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि कुवेतमा कर्फ्यू जारी गर्ने, रेष्टुरेण्ट, सार्वजनिक स्थल तथा सपिङ मलमा स्वास्थ्य मापदण्ड कडाइ गरिएको छ । एनआरएनए कुवेतले कुवेत सरकारले जारी गरेको मापदण्ड अविलम्ब गर्दै सचेत रहन सम्पूर्ण कुवेत बासी नेपालीलाई अनुरोध गरेको छ ।