कोरोनाको संक्रमणले कुवेतमै अस्ताए सन्तोष, जुम्ल्याह छोराको मुखसम्म देख्न पाएनन्

कोरोनाको संक्रमणले कुवेतमै अस्ताए सन्तोष, जुम्ल्याह छोराको मुखसम्म देख्न पाएनन्

कुवेत । वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेका सन्तोष कुमार दर्जीको मृत्यु भएको छ । कुवेतकोअस्पतालमा उपचारको क्रममा रहेका सन्तोषको कोरोनाका कारण मृत्यु भएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका पूर्व अध्यक्ष हरिकृष्ण न्यौपानेले बताए ।

कुवेतस्थित एक रेष्टुरेण्टमा काम गर्दै आएका उनलाई केही समयअघि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमणका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई स्थानीय फर्वानिया अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीवार उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

सुनसरीका सन्तोष विगत १७ वर्षदेखि रोजगारीको क्रममा कुवेत बस्दै आएका थिए । कोरोना महामारीको सुरुवाति समयमा घर बिदामा नेपाल गएका उनी ७ महिना अघि कुवेत आएका थिए । उनको ५ महिनाको जुम्ल्याह र नौ वर्षको छोरा रहेका छन् ।

डब्लुएचओको अन्तराष्ट्रिय मापदण्ड अनुरुप कोभिडका कारण विदेशमा मृत्यु भएका श्रमिकको सम्बन्धीत देशमै अन्त्येष्टि गरिन्छ ।



No ads found for this position