कुवेतमा कोरोनाको संक्रमण बढ्दो, एकैदिन दुई नेपालीको निधन

कुवेतमा कोरोनाको संक्रमण बढ्दो, एकैदिन दुई नेपालीको निधन

कुवेत ।  कुवेतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले फेरि उग्ररुप लिन थालेको छ। दोस्रो लहर आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै आशिंक रुपमा लगाइएको क्रफ्यु अहिले पनि यथावत नै छ । संक्रमणको फैलावटलाई रोक्न विभिन्न क्षेत्रमा प्रतिवन्ध लगाइएको छ । तर,संक्रमित भने बढ्न थालेका छन् ।

कुवेतको स्वास्थय मन्त्रालयका अनुसार हालसम्म कुवेतमा २ लाख ५६ हजार ६६ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । संक्रमणकै कारण १ हजार ४२८ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये २ लाख ३६ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् ।

कुवेतमा अहिले पनि सक्रिय संक्रमितको संख्या १५ हजार २५४ छ । तीमध्ये २४४ जनाको अवस्था गम्भिर छ।

एकैदिन दुई नेपालीले ज्यान गुमाए

कोभिड संक्रमणकै कारण कुवेतमा थप दुई नेपाली युवाले ज्यान गुमाएका छन् । एनआरएनए कुवेतका महासचिव दिलकुमार पाख्रिनका अनुसार बिहीवार दुई जनाको मृत्यु भएको हो।

उनले पछिल्लो समय कुवेतमा रहेका नेपालीमा संक्रमण बढ्न थालेको बताए । ‘अहिले धेरै नेपाली संक्रमित भइरहेको भन्ने हामीले आन्तरिक रुपमा खबरहरु पाइरहेका छौँ,’ महासचिव पाख्रिनले भने, ‘आ–आफ्नो ठाउँमा सबै जना सुरक्षित रहनुहोला ।’ उनले कोरोना भाइरसलाई सामन्य रुपमा नलिन पनि आग्रह गरेका छन् ।

 



No ads found for this position