यूएईमा स्वीकृतिविना चन्दा संकलन गरे जेल सजायदेखि ५ लाख दिरामसम्म जरिवाना

अबुधाबी । इस्लामिक धर्मावलम्बीहरुको पवित्र पर्व रमजानमा दान दक्षिणा र सहयोगलाई प्राथमिकतामा राखिन्छ । तर, यूएईमा भने विना अनुमति दान दक्षिणा संकलन गर्न नपाइने भएको छ। यूएईको सार्वजनिक अभियोजनले इजाजतपत्रविना चन्दा संकलन गरेमा सार्वजनिक मुद्धा लगाउने चेतावनी दिएको हो।
संघीय कानून २०१२, धारा २७ को ५ नम्बर अनुसार सम्बन्धति निकायको स्वीकृतिविना सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा चन्दा संकलन गरेमा साइबर अपराध अनुरुप जेल सजाय अथवा २ लाख ५० हजारदेखि ५ लाख दिरामसम्म नगद जरिवाना वा यी दुबै सजायको भागिदार बन्नुपर्नेछ।
यसैगरी अभियोजनका अनुसार कानून २०१८, धारा ८ को ४ नम्बर अनुसार जो कोही अधिकारीहरुको अनुमतिविना मस्जिदमा चन्दा वा सहयोग संकलन गरेमा बढीमा ३ महिना जेल सजाय अथवा ५ हजार दिराम जरिवाना वा यी दुबै सजाय हुन सक्नेछ।
ताजा अपडेट
