फेरी ९० हजार नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपालमा आज सुनको मूल्य पुन ९० हजार नाघेको छ । विहिबारको तुलनामा सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भई छापावाला सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ९० हजारमा कारोबार भइरहेको छ ।
विहिबारको तुलनामा चाँदी तोलामा १० रुपैयाँले वृद्धि भई प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७७ हजार ५९० रुपैयाँ, तेजावी सुन ७७ हजार १६० रुपैयाँर चाँदी प्रति १० ग्राम बराबर १ हजार ११४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर