काठमाडौंसहित १४ जिल्लामा विद्यालय र भिडभाड हुने स्थानमा नजान आग्रह

काठमाडौंसहित १४ जिल्लामा विद्यालय र भिडभाड हुने स्थानमा नजान आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । उक्त जिल्लामा भिडभाड हुने स्थान एवम विद्यालय नजान मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले वर्गीकरण गरेको अति प्रभावित जिल्लामध्ये काठमाडौं, भक्तपुर, ललितपुर,चितवन, पर्सा,कैलाली, बाँके, कास्की,बारा, बाग्लुङ, मोरङ, दाङ, रुपन्देही र सुर्खेत रहेको छ । यी जिल्लाहरुमा बेलुका ७ बजेपछि रात्रि व्यवसाय, रेष्टुरेन्ट, क्लबहरु बन्द गर्न आग्रह गरेको छ ।

साथै सिनेमा हल, सपिङ मल लगाउत भिडभाड हुने स्थल संचालन नगर्न समेत आग्रह गरेको छ । साथै मन्त्रालयले सम्पूर्ण अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ ।



No ads found for this position