आज नेपालमा थप ४९० जना कोरोनाबाट संक्रमिण, ५ को मृत्यु

आज नेपालमा थप ४९० जना कोरोनाबाट संक्रमिण, ५ को मृत्यु

काठमाडौं । नेपालमा आज थप ४९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएको संक्रमितको संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चोबिस घण्टामा गरिएको ३ हजार ५८८ आरटीपीसीआर परिक्षणमा ४९० जनामा कोरोना संक्रमण देखिएको हो । साथै सोही अवधिमा १५७ जना कोरोना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ६६ जना पुगेको छ ।